माघ २०,२०७८
चितवन । चितवनको भरतपुरमा ट्रकले साइकल यात्रीलाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्सा घर भइ हाल भरतपुर ४ यज्ञपुरी बस्ने बर्ष १४ का दिलिप मुखिया रहेका प्रहरीले जनाएको छ।
चौबीसकोठिबाट नारायणगढ तर्फ जाँदै गरेको प्रदेश २-०४-००१ ख ००९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेका मुखियालाइ भरतपुर १० स्थिति चितवन मेडिकल कलेज अगाडी ठक्कर दिएको हो।
घाइते भएका मुखियाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा २ : २५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८