काठमाडौं –जनता समाजवादी पार्टीका संघीय परषिद् अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले एमसीसीकै बहानामा प्रतिगमनविरोधी गठबन्धन टुटाउन नहुने धारणा व्यक्त गरेका हुन् ।
गए राति सामाजिक सञ्जालमार्फत भट्टराईले एमसीसी सर्वसम्मतिले संसदबाट पारित गर्दै सबैले एकमुख भएर जनतालाई बुझाउनुपर्ने बताएका हुन् ।
‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौँ । सबै एकमुख भएर जनतालाई बुझाऔँ’, उनले लेखेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’
एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले थपेका छन्, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८