• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण


उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

प्योङयाङ – उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ।
योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ। यस बारे थप विवरण भने दिइएको छैन। यसैबीच, जापानी तटरक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिएको छ।
यदि प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङ द्वारा यो वर्ष गरिएको सातौं परीक्षण हुनेछ।रासस–एएनआई–स्पुतनिक

  • प्रकाशित मिति : माघ १६, २०७८, आइतवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८