• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस

  • खबरदाता

अनियमिता गरेको भए जेसुकै सजाय भोग्न तयार छु : धुर्मुस

 

माघ १३,२०७८

चितवन । धुमुर्स सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले आफुले रंगशाला निर्माणमा अनियमिता नगरेको बताएका छन।

बिहिवार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अनियमितता गरेको प्रमाणित भएमा जुनसुकै सजाय भोग्न आफु तयार रहेको बताएका छन् ।भरतपुर महानगरमा भएको रंगशाला सम्बन्धि अन्तक्रिया कार्यक्रममा फाउन्डेसनका अध्यक्ष कट्टेलले आर्थिक प्रतिवेदन तयारीको काम भइरहेको बताउँदै अनावश्यक भ्रमहरु नफैलाउन उनले सबैलाइ अनुरोध गरे।

महानगरलाई स्वामित्वको पत्र पुस २ गते पठाउनुअगाडि पनि फाउन्डेसनकै पहलमा रंगशाला निर्माणका लागि सरकार र संघसंसथासँग समन्वय र भेटघाटको कामलाई अगाडि बढाएपनि ठोस निष्कर्ष ननिस्केपछि महानगरलाई पत्र काटेर स्वामित्व ग्रहणको लागि आग्रह गरेको उनको भनाइ थियो।निर्माणमा प्रयोग गरिएका ‘डण्डीमा खिया लाग्न थालिसक्यो परियोजना नै अलपत्र पर्ने स्थिती आएपछि राज्यसँग निकासका लागि पत्र बुझाएको हुँ ।’ उनले भने, ‘२०७८ असार मसान्तसम्म लेखापरिक्षण प्रतिवेदन त्यो भन्दा यताको अनुमानित खर्च र भौतिक संरचनाको खर्च विवरण बुझाएका थियौँ ।’ पूर्ण प्रतिवेदनको काम भइरहेकाले मौन बसेपनि पक्रियामै रहेका बेला प्रारम्भिक प्रतिवेदन बिना पुष्टि सार्वजनिक भएको भन्दै उनले आपत्ति जनाए ।

‘प्रतिवेदन तयार हुँदै थियो छुटेका डकुमेन्ट पुरा गछौँ भनेका छौ । वास्तविक प्रतिवेदन आइसकेपछि अनियमिता वा त्रुटि गरेको भए जस्तोसुकै सजाय पनि भोग्न तयार छु’ धुर्मुसले भने । आफूहरु मौन बसेको भन्दै आक्षेप नलगाउन उनले आग्रह गरे ।

  • प्रकाशित मिति : माघ १३, २०७८, बिहीवार १४:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८