माघ १३,२०७८
चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले रंगशालाको निर्माणको काम अलपत्र पर्न नदिने बताएका छन् ।
बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा राखिएको अन्तक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै मन्त्री गहतराजले अलपत्र परेको रंगशालाको बारेमा मन्त्रालयले विशेष चासो राखिरहेको बताए ।
महानगर र फाउन्डेसनले आर्थिक प्रतिवेदनको काम सकेर स्वामित्व हस्तान्त्रणको कागजी पक्रिया पहिले सल्टाउन उनले आग्रह गरे । रंगशाला निर्मांण कार्य एउटा चरणमा पुगेकाले मन्त्रालयले अलपत्र पर्न नदिने मन्त्री गहतराज बताउँछन् ।उनले भने,‘अबको बाकी काम केन्द्र सरकार , प्रदेश सरकार र महानगरको संयुक्त प्रयासबाट अगाडि बढाउने कि केन्द्र सरकारको स्वामित्वमा महानगरले अपनत्व लिएर अगाडि बढाउने बारेमा छलफल भइरहेको छ ।’ उनले भने ‘यस्को अलवा पिपीई मोडलमा जान सकिन्छ कि भनेर पनि ।छलफल गरिरहेका छौ’ ।

निर्माणधिन रंगशालामा ४० हजार भन्दा बढी मानिसको आर्थिक र विभीन्न खाले योगदान रहेकाले यसलाई चाडै सम्पन्न गर्नका लागि सकारात्मक तवरले सहयोग गर्नुपर्ने सबैको दायित्व हुने उनले जनाए । खेलकुद क्षेत्रका अलपत्र पूर्वाधार निर्माणका काम पुरा गर्नका लागि वैदेशिक दातृ निकायहरुसँग कुटनितीक तवरबाट छलफल गरिरहेको मन्त्री गहतराजले बताए । रंगशालाको काम राष्टिय सहमतिका आधारमा थालिएको परियोजना भएकाले अलपत्र छाड्न नहुने मन्त्री गहतराजको भनाइ थियो । भरतपुरमा निर्माणधिन रंगशाला खेलकुद क्षेत्रको ड्रिम पोजेक्टको रुपमा रहेकाले यस्लाई विशेष चासोको रुपमा अगाडि बढाइने उनले बताए ।
मन्त्री सहितको टोलीले बिहिवारनै निर्माण स्थगित भएको रंगशालाको निरीक्षण गरेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८