• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नालीमा खसेर भरतपुरमा एकको मृत्यु

  • खबरदाता

नालीमा खसेर भरतपुरमा एकको मृत्यु

 

माघ १२,२०७८

भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर ८ का ३८ वर्षिय राजु बिक रहेका छन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

  • प्रकाशित मिति : माघ १२, २०७८, बुधवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८