• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

झापामा मास्क बैंक पुनः सञ्चालनमा

  • रासस

झापामा मास्क बैंक पुनः सञ्चालनमा

 

माघ ११,२०७८

जिल्ला स्थिति नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो ।

बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थिए । सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उनले जानकारी दिए ।उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।

‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताए । यो अभियानलाई सहयोग गर्न समेत उनले सबैलाई अपील गरेका छन ।

  • प्रकाशित मिति : माघ ११, २०७८, मंगलवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८