• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

चितवनका थप ४०८ जनामा कोरोना संक्रमण

  • खबरदाता

चितवनका थप ४०८ जनामा कोरोना संक्रमण

परिक्षण गरिएकामध्ये ५५ प्रतिशतमा संक्रमण।

माघ ८ ,२०७८

चितवनमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५६ जनाको पिसीआर र १८६ जनाको एन्टिजेन परिक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ३५३ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या २७३६ पुगेको छ। संक्रमित मध्ये २६८९ होमआइसोलेसन र ४७ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ८, २०७८, शनिवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८