• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

आज १०७०३ संक्रमित थपिए ३ को मृत्यु

  • खबरदाता

आज १०७०३ संक्रमित थपिए ३ को मृत्यु

आज ४६ प्रतिशतमा संक्रमण।

माघ ७ ,२०७८

चितवन । एकै दिन १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबीस घन्टामा ७६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १९ हजार ५७५ रहेको छ ।

योसंगै हाल सम्म पिसिआर प्रबिधिबाट ८ लाख ९६ हजार ५८४ र एन्टिजेन प्रबिधिबाट १ लाख १० हजार ७ गरि कुल संक्रमीत संख्या १० लाख ६ हजार ५९१ पुगेको छ।

देश भर १८६१८ को पिसिआर परिक्षण गर्दा ८८१५ र ४४७४ जनाको एन्टिजेन परिक्षण गर्दा १८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ६५ हजार ३७४ सक्रिय संक्रमित रहेका छन भने क्वारेन्टाइनमा रहनेको संख्या १५४ रहेको छ।

कोरोनाका कारण आज ३ जनाले ज्यान गुमाएका छन। हाल सम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ६३५ पुगेको छ ।

  • प्रकाशित मिति : माघ ७, २०७८, शुक्रवार १०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८