• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता


कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

माघ ७,२०७८

किन्सासा  – उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआरसी० को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ।
विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।रासस

  • प्रकाशित मिति : माघ ७, २०७८, शुक्रवार ०८:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८