• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ–मुग्लिन सडक खण्ड दुई तर्फि सुचारु

  • खबरदाता

नारायणगढ–मुग्लिन सडक खण्ड दुई तर्फि सुचारु

माघ ७,२०७८

चितवन । अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ।

उक्त सडक खण्डको कालीखोलामा गए राती साढे २ बजे खसेको सुक्खा पहिरो पन्छाउने काम सकिए पछि अहिले बिहान ११ बजेबाट यातायात सुचारु भएको चितवन ट्राफिकले जनाएको छ।

उक्त सडक खण्डको कालिखोलामा माथि भित्ताको डाँडोनै खसेको थियो।
यातायात दुई तर्फिनै संचालनमा आएको हो।

राती देखिको सडक जाम भएकोले साबधानि पुर्बक यात्रा गर्न अनुरोध गरिएको छ।

  • प्रकाशित मिति : माघ ७, २०७८, शुक्रवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८