• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हात्तीको आक्रमणबाट चितवनमा शैनिकको मृत्यु

  • खबरदाता

हात्तीको आक्रमणबाट चितवनमा शैनिकको मृत्यु

 

माघ २,२०७८

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक शैनिक जवानको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगर २३ भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जको धुर्ब पोस्ट गस्ती गइरहेको बेला आक्रमण गरेको निकुञ्जले जनाएको छ।

बाग्लुङको थिम्ति गाउँपालिका ४ घर भएका बर्स ३५ जवानको पहिचान भने खुलाइएको छैन ।

हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो ।

साइकलमा गस्ती गइरहेका बेला हात्तीले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए ।

  • प्रकाशित मिति : माघ २, २०७८, आइतवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८