माघ १,२०७८
मेला भर्न प्रशासनले रोक लगाएपनि देवघाटमा भक्तजनको भिड लागेको छ।
मेला नलागेपनि मकर नुहाउन आउनेको भिड भने बढीरहेको छ।बिहान सम्म सुनसान रहेको देवघाटमा ९ बजेपछि भक्तजनको संख्या बढेको थियो।
मकर नुहाउन र ब्रतबन्ध गराउने आउनेको संख्या उल्लेख्य पाइयो।
मकवानपुरका ८८ वर्षिय हेम बहादु लुइँटेल बिहानै पलातिको ब्रतबन्ध गर्न देबघाटमा आएका थिए।प्रशासनले रोक्न खोजे पनि आफ्नो परिवारका सबैको खोप कार्ड भएकाले सहजै आउन पाएको उनले बताए।

यस्तै हेटौंडाकि राधा महत पनि नातिको ब्रतबन्ध गर्न भएर आएकि थिइन।उनी बिगत १५ बर्ष देखि देबघाटमै बस्दै आकिछिन। तर सक्रान्तिका दिन झोलुङ्गे पुल तर्न दिदैन भन्ने हल्लाले आफु हिजै चितवन तर्फ आएको उले बताइन।
बाराबाट मेला भर्न आएका हरि कुमार श्रेष्ठ पनि चोर बाटो भएर देवघाटको संगममा स्नान गर्न पुगेको भेटिए।उनले हिजै राति आए पनि प्रवेश गर्न नपाएको बताए ।उनले भने प्रवेश नपाए पछि बाइक बाहिरनै राखेर जङ्गलको बाटो आइयो।
शुक्रबार बाँसको लिङ्गो गाडेसंगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । भक्तजनहरु पूजापाठ गर्नुका साथै स्नान गरेर फर्कि रहेका छन्।
कोभिड संक्रमणका कारण चितवन प्रशासनले देवघाट क्षेत्रमा विहान प्रवेश निषेध गरेपछि भक्तजनको उपस्थिति पहिले जस्तो भने थिएन। चितवनबाट मुख्य प्रवेशद्धार आँपटारीमै प्रहरीले भक्तजनलाई हिँडडुल गर्नका साथै सवारी साधन प्रवेश रोक लगाएको थियो । तर ८ बजेपछि प्रहरीले भक्तजनको दवाबलाई थेग्न नसकेपछि प्रहरीले हिँडेर देवघाट प्रवेश गर्न दिएको छ । जसका कारण भक्तजन बढेपछि विहान ९ बजेपछि चितवनतर्फ देवघाटमा पनि भिड लागेको छ ।

चितवन प्रशासनले सनिवार दिउँसो २ बजेसम्मका लागि देवघाट प्रवेश गर्ने बाटो शील गर्ने जनाएको थियो । तर प्रहरीले भक्तजनको दवाब थेक्न नसकेपछि खुल्ला गरिएको थियो ।
चितवन प्रहरी प्रबक्ता नरहरि अधिकारी भने भिड बढी भएपछि बिहान ८ बजे बाट पैदल मार्ग खुल्ला गरिएको बताए । धेरै टाढा देखि आएका भक्तजनका लागि स्नान गर्न मात्र खुला गरिएको उनले बताए। उनले भने आज ब्रतबन्ध गर्नको लागि धेरै आएको पाइयो।त्यसैले आस्थाको हिसाबले पनि केहि सहज गरियो। तर मेला लगाउन भने पुर्ण रोक लगाएको उनको भनाइ थियो।
शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८