पुस ३०,२०७८
चितवन – चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका ९९ सहित थप ११५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु २ देखि ६८ बर्ष उमेर समुहका रहेका छन।
प्रयोगशालामा शुक्रवार संकलन गरिएका १८६ नमुनाको परिक्षण गर्दा ११५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। जस मध्ये भरतपुर महानगर पालिका भित्रका मात्रै ३७ पुरुष र ५५ महिला गरि ९२ जना रहेका छन।
यस्तै रत्ननगरका ३,खैरहनिका २,र माडिका २ गरि ७ जना थपिएका हुन।
अन्य संक्रमित हुनेमा गैंडाकोट ,कावासोति ,देबचुलि ,तनहुँ , मकवानपुर , बारा र लमजुङका १६ जना गरि ११५ जना रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८