• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुई लायन्स क्लबले बाँडे स्टेशनरी सहितको झोला

  • खबरदाता

दुई लायन्स क्लबले बाँडे स्टेशनरी सहितको झोला

 

पुस २९, २०७८

चितवन तथा नवललुरमा कृयाशिल दुइवटा लायन्स क्लबले स्टेशरी सहित झोला वितरण गरेका छन।

लायन्स क्लब ईन्टरनेशनलका सस्थापक मेलिभिन्स जोन्सको १४३ औं जन्म जयन्तीका अवसरमा लायन्स क्लब अफ चितवन नवलपुर र लायन्स क्लब अफ नारायणगढ दियालोले स्टेशरी र झोला बितरण गरेका हुन।

गैडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित श्री कालीगण्डकी बाल बिकास केन्द्रमा अध्ययनरत १९ जना बिद्यार्थीहरुलाई आवश्यक स्टेशनरी एंव स्कुलले झोला बितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुकेले सामाजिक सेवाका माध्यमबाट बिश्वभरका सहयोगी मनहरुलाइ एउटै मालाको रुपमा सजाउन लायन्स क्लब सफल भएको बताए । उनले आगामी दिनमा पनि यस्तै कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा एक्जुकेटिभ चिफ दिनानाथ न्यौपाने, डिष्ट्रिकका सह कोषाध्यक्ष बिनोद सुवेदी, स्थानिय अभिभावक तथा दुबै लायन्स क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन सत्यनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्मरण रहोस उक्त बाल बिकास केन्द्रको तीन कोठे भवन केहि समय अघि मात्र लायन्स क्लब अफ चितवन नवलपुरले निर्माण गरि हस्तान्तरण गरेको थियो।

  • प्रकाशित मिति : पुस २९, २०७८, बिहीवार १६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८