• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर अस्पतालमा गर्भवतीको मृत्यु : मृतकका आफन्त र अस्पतालको आ -आफ्नै दाबी

  • खबरदाता

भरतपुर अस्पतालमा गर्भवतीको मृत्यु : मृतकका आफन्त र अस्पतालको आ -आफ्नै दाबी

 

पुस २९,२०७८

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापा सुत्केरी गराउन भरतपुर अस्पतालमा २६ पुसमा भर्ना भइन् ।

अस्पतालले नर्मल डेलिभरी गराउने भन्दै उनलाई २८ गते बिहान सम्म राख्यो । बिहानसम्म सामान्य अवस्थामा नै राधिकाको एक्कासी साढे आठ बजेको समयमा मृत्यु भयो।

राधिकाका दाइ तारा थापाका अनुसार उनी बिहानसम्म नर्मल अवस्थामा नै थिइन् । सुप पनि पिएकी थिइन् । ‘साढे आठ बजेतिर अस्पताल सफा गर्ने क्रममा सबै बिरामी कुरुवा बाहिर गएको बेलामा बहिनीलाई एक्कासी हटअट्याक (डाक्टरको भाषमा पल्मोनरी कोल्याप्स) भएछ ।’ उनले भने, ‘पछि कुरुवा गएर हेर्दाखेरी बहिनी पुरै बेहोस अवस्थामा फेला परेकी थिइन् । त्यहाँ डाक्टर नर्स कोहि पनि पुगेका थिएनन् । हाम्रो मान्छे गएर बोलाएपछि बल्ल आएर सिपीआर गराएछन् । तुरुन्तै डाक्टरहरु सबैजना आएर भेन्टिलेटरमा राखे तर बहिनीको ज्यान जोगिएन् ’ ।

घटना भएको एकडेढ घण्टा पछि अस्पताल प्रशासनले मिटिङ बोलाएर गल्ती स्वीकार गरेको थापा बताउँछन् ।

‘मेसु लगायतको दुई तिन जना र स्टाफ नर्स र हाम्रो तर्फबाट चार जना मिटिङमा गयौं । मिटिङमा अस्पतालले गल्ती भएको स्विकार्न चाहेन । नचाहेपछि हामीले अस्पतालका अध्यक्ष भोजराज अधिकारीलाई बोलाउनुहोस अनि मात्रै हामी लास उठाउछौ नभए हामी उठाउदैनौ भनेपछि डा । अधिकारी आए ।

अन्तिममा चाहिँ उहाँले गल्ती स्विीकानुभयो । हामीबाट गल्ती भएको छ । आगामी दिनमा सुधार्छौ । हामीबाट मिस्टेक भएकै हो । भन्ने हिसाबले कुरा आयो । माइनेट पनि गरेका छौ’ । जापानमा श्रीमानसहित बस्ने राधिका दशैअगाडि नेपाल आएकी थिइन् । श्रीमान भने अझै पनि जापानमै छन् ।उनी नियमित रुपमा प्रसुती रोग विशेषज्ञ डा। लोकबहादुर सेढाईसँग जचाउदै आएकी थिइन् । २४ पुसमा डेलिभरी डेट डा सेढाईले दिएका थिए । उनकै सल्लाह खनुसार २६ पुसमा अस्पताल भर्ना भएको थापाले जनाए ।

उनले अस्पतालले बहिनीको चेकअपमा लापरवाही गरेको आरोप लगाउँछन् । ‘समयमा चेकअप गरिएन् । डाक्टर नर्सको भिजीट र मनिटरिङ पनि भएन । २६ गते भर्ना गरेको २८ गतेसम्म पनि नर्मल गराउने प्रयास गरे त्यहाँ जबकी नर्मल हुने स्थिती नि थिएन् । चारकिलोको बच्चा थियो । मेरो बहिनी सानो स्टक्चरको मान्छे थियो । उस्ले नर्मल्ली कुनै हालतमा जन्माउने अवस्था थिएन् ।’ उनले भने, ‘घर पुरै खुलिसकेको थियो रे पुरै घर खुल्दा पनि त्यो बच्चा निस्कन नसकेपछि त्यो बच्चा रिटर्न भएर त्यसले मुटुमा अट्याक गर्या हुन सक्छ । त्यो अवस्थासम्म ल्याउन अस्पतालको ठूलो गल्ती छ । त्यो अवस्थाबारे डाक्टरलाई थाहा हुनुपर्ने थियो । बच्चा निस्कन सक्दैन अप्रेसनमा लानुपर्छ भन्ने मनिटरिङ हुनुपथ्यो । आएर चेकअप र अनुगमन नहुँदा बहिनीको ज्यान गयो ।’ उनले भने ।

अस्पताल प्रशासनसँगको छलफलमा डिउटीमा खटिदा लापरवाही गरेका डाक्टर नर्सलाई छानबिन गरेर कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राखेको थापाले बताए ।तर उनले आर्थिक माग नराखेको बताए ।‘आफ्नो मान्छे नै रहेन त आर्थिकले के गर्नु ’ उनले भने ‘ जस्ले डिउटीमा खटिदा लापरवाही गरेका थिए । उनीहरुलाई छानबिन गरेर कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो।’
भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल पोडैल बिरामीको चाप अत्याधिक भएकाले बिरामीको अपेक्षा अनुसार चेकअप हुन नसकेको बताउँछन् । सुत्केरी मृत्यु प्रकरणमा पनि आफन्तले भनेजस्तै समय समयमा चेकअप हुन नसकेको पौडेलले बयाए ।

‘उहाँको पाठेघरको दुई घर मात्रै खुलेकाले चेकअपमा प्राथमिकतामा नपरेको हुन सक्छ । ६ घर माथि खुलेपछिमात्रै क्लोजिकल्लि मनिटरिङ हुन्छ । तर उहाँको दुई घर मात्रै खुलेको थियो ।’ उनले भने अस्पतालका डाक्टर नर्सको जनशक्ति नै कम छ सेवाग्राही अपेक्षाअनुसार सेवा दिन सकेका छैनौ ।’ जनशक्ति कम भएकाले अपेक्षा अनुसार चेकअप नभएको भएपनि हेलचक्रयाई नभएको पौडेल बताउँछन् । मृतक परिवारका आफन्तसँन्ग भद्र सहमति भइसकेको र लास पनि उठाइसकेको उनले बताए ।

  • प्रकाशित मिति : पुस २९, २०७८, बिहीवार १०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८