• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा कोरोनाः प्रशासनले देख्यो, जनताले देखेनन् (फोटोफिचर)


चितवनमा कोरोनाः प्रशासनले देख्यो, जनताले देखेनन् (फोटोफिचर)

पुस, २७ २०७८

चितवन– जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको देखिन्छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने महोत्सव सभा सम्मेलन रोक लगाएको छ । उस्ले सोमबार साझ ७ बुँदे आदेश जारी गरेको छ ।

आदेशमा २५ जनाभन्दा बढी भेला भई गरिने मेला महोत्सव तथा सेमिनारलाई बन्द गर्ने गराउने उल्लेख गरिएको छ । चितवनमा चलिरहेको चितवन महोत्सवलाई प्रशासनले बन्द गर्न भनिसकेको छ ।
प्रशासनले आइतबारदेखि जारी चितवन महोत्सवलाई दुई दिनको लागि व्यवस्थापन गर्ने समय भन्दै समयसीमा तोकेको छ ।

प्रशासनले जोखिमको अवस्थालाई मध्यनजर गरेर भीडभाडजन्य क्रियाकलाप रोक्ने आदेश दिएपनि नारायणी किनारमा जारी चितवन महोत्सवको बुधवारको दृश्य भने बेग्लै देखिन्छ । लामो समयपछि सञ्चालन गरिएको महोत्सव भएकाले होला  कोरोनालाई बेवास्ता गरेर नै किन नहोस अवलोकनकर्ताहरु ओइराखेका छन् ।

महोत्सवकै गेटमै मास्क स्यानिटाइजरको व्यवस्था आयोजकले गरेपनि स्वास्थ्य सजगताका अन्य उपाय भौतिक दुरी सम्म भीडले अपनाएको छैन् । कतिपय अवलोकनकर्ता भने बिना मास्क नै हिडिरहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क केलाउने हो भने पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना संक्रमण देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४१ पुगेको छ ।
मंगलबार चितवनमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार ३६७ जनाको पिसीआर र २३ जनाको एन्जिेन्ट परिक्षण गर्दा सो संख्यामा संत्रलमण देखिएको हो । जस्मध्ये भरतपुर महानगरपालिकाका मात्रै ४३ जना रहेका छन् । भरतपुरमा यति धेरै संक्रमित बढरहँदा महोत्सवलाई भने पूर्णरुपमा बन्द गर्न प्रशासन लागिपरेको देखिदैन । प्रशासनले दुई दिनको व्यवस्थापन समय भन्दै महोत्सव बन्द गर्न आदेश नै जारी गरेको अवस्थामा महोत्सव भने निर्वाध रुपमा चलिरहेको छ ।

अहिलेपनि टिकट काटेर महोत्सवको अवलोकन गर्नेको भीड नै देख्न सकिन्छ । जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरु बन्द रहेको अवस्थामा महोत्सवमा भने बाल उद्यानमा राम्रै चहलपहल देख्न सकिन्छ ।

स्वास्थ्य कार्यालय चितवनकी सुचना अधिकारी गितान्जली ढकालले पछिल्लो दुई दिनमै जिल्लामा संक्रमणको जोखिम ह्वातै बढेको बताउँछिन् । ‘अस्तिसम्म संक्रमणको दर एक दुई प्रतिशत मात्रै थियो । अहिले धेरै ने बढेको छ ।’ उनले भनिन् ।

भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले जिल्लमा कोभिड संक्रमण तिव्र गतिमा उकालो लागेको भन्दै यसलाई रोकथाम गर्ने प्रशासनले भूमिका खेल्न्ुपर्ने बताए । उनले भने, ‘दैनिक संक्रमित बढिराखेका छन । आज मंगलबारको तथ्याक हेर्ने हो भने जिल्लाभित्रै परिक्षण गरिएका नमुनामध्ये १२ प्रतिशतमा संक्रमण देखिएको छ । चार दिन अघि र आजको तुलना गर्ने हो भने अबको दस दिनपछि अवस्था के हुन्छ आफै अनुमान लगाउन सकिन्छ ।’
अनिवार्य रुपमा मास्क बाध्यकारी बनाउनुपर्ने र मेलामहोत्सव अहिलेकै समयबाट पूर्ण रुपमा बन्द गरिनुपर्ने अवस्था आएको उनले बताए ।

 

 

  • प्रकाशित मिति : पुस २७, २०७८, मंगलवार ०९:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८