पुस २६,२०७८
चितवन । अब मास्क नलगाउने कुनैपनि यात्रुले चितवन जिल्ला भित्र सार्बजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन।
कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि प्रशासनले उक्त निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) को बैठकले उक्त निर्णय गरेको हो।
अब सार्बजनिक सवारी साधनले आफ्नो सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने भएका छन।सवारी साधनको ढोकामा स्यानिटाइजरको अनिबार्य ब्यबस्था गरिनु पर्ने र सवारी साधन दैनिक निसंक्रमण गरिनु पर्ने निर्णय समेत गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८