पुस, २६ २०७८
चितवन कोरोना माहामारी कम हुँदै गएपछि आफ्नै लयमा फर्किएको व्यापार व्यवसाय पुन पुरानै अवस्थामा पुग्ने सम्भावना बढेका छ । गएको एक हप्तादेखि लगातार रुपमा बढिरहेको कोभिड संक्रमण दरले यहिँ कुरा संकेत गर्दछ ।
गत वर्ष रोकिएका मेलामहोत्सवहरु चितवनमा अहिले भइराखेका छन् र केहि सुरु हुने अवस्थामा छन् । चितवन महोत्सवको तेह्रौ संस्करण भन्दै आइतबारबाट सुरु गरिएको महोत्सव पनि अन्योलमा परेको देखिन्छ । आइतबार नै महोत्सव सुरु हुनु र सिसीएमसीले कोरोना संक्रमणदर बढेको भन्दै तेह्र बुदे निर्णय सार्वजनिक गरिनुले भोलिबाट महोत्सव बन्द हुने आकालन गरिएको छ ।
यस्तै चितवनकै रत्ननगरमा भोलि (मंगलबार) अर्को महोत्सव उद्द्धाटन हुने तय भएको छ । तर यस विषयमा जिल्ला प्रशासन कार्यालय चितवनले हालसम्म कुनै निर्णय नगरेपनि सोमबार दिउँसो ३ बजे बैठक बस्ने जनाइएको छ ।
जिल्ला प्रशासन चितवनले साझसम्म संक्रमण रोकथामका लागि भन्दै केहि आदेश गर्ने सम्भावना रहेको साहायक सिडीओ चिरन्जीवी शर्माले बताए । उनले जिल्लामा पनि संक्रमणदर बढ्दै गएकोले ठूलो भीडभाड हुने कार्यक्रम नगर्न आदेश हुन सक्ने बताए । ‘निर्णय त भएको छैन तर जिल्लामा २५ जनाभन्दा धेरैको जमघट हुन नपाउने आदेश आउन सक्छ’ उनले भने,‘चितवनमा भिडभाड हुने मेलामहोत्सव सेमिनार जस्ता कार्यक्रम बन्द हुन सक्छन् ।’
जिल्लामा रहेका शैक्षिक संस्थाहरुपनि केन्द्रकै निर्णय अनुसार माघ १५ गतेसम्मलाई बन्द गरिदै छन् । तर सञ्चालन भइराखेका परिक्षाहरु भने यथावत राख्ने कि भन्ने कुरा पनि आएको उनले बताए ।
यदि प्रशासनले आज आदेश जारी गरेमा नारायणी किनारमा जारी महोत्सव स्वत बन्द हुने देखिन्छ । यता रत्ननगरमा भोलिबाट उद्घाटन हुने भनिएको महोत्सव पनि अन्योलमै परेको देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८