पुस २६,२०७८
आनन्द बतास अहिले सर्बाधिक चर्चामा आएका ब्यक्ति हुन।
राजदरबारमा आनन्द बतासले संचालन गर्न लागेको क्याफेलाइ रोक लगाइएपछि एका एक उनी चर्चामा आएका हुन।
अहिले सम्म यो बिषयमा कुनै ब्यक्ति वा राजनीतिक दलले मुख नखोलेको अबस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले भने आनन्द बतासको बचाउ गरेका छन।
थापा बतास ग्रुपका मालिक आनन्द बतासको पक्षमा उत्रिएका मात्र छैनन् उनी माथि चौतर्फी हमला भएकोमा चिन्ता समेत व्यक्त गरेका छन। उनले सोमबार बिहानै सामाजिक संजाल मार्फत सो कुरा बताएका हुन।
‘भित्री रहस्य थाहा छैन। मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८