पुस २५,२०७८
चितवन । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्योगी हुनलाइ आफुलेनै उत्पादन गर्नुपर्ने बताएका छन।
चितवन महोत्सवको १३ औं संस्करण २०७८ को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन। उनले भने भारत र चीनबाट सामान ल्याएर बेच्दैमा उद्योगपति भइदैन। उद्योगी हुनलाइ आफैले उत्पादन गर्नुपर्छ ।
उनले देशमा प्राबिधिक शिक्षाको खाचो रहेकोले बगमति प्रदेश सरकारले चाँडैनै तीन महिने प्राबिधिक तालिमको सुरुवात गर्न लागेको बताए । पाण्डेले भने “तीन महिना सम्म प्रदेश सरकारले खर्च गरेर शिपमुलक तालिम दिन्छ ।”तालिम प्राप्त जनशक्तिले देशमै काम गर्दा पनि ५० हजाए सम्म कमाउँछन बिदेश जादा पनि तेसको तेब्बर आम्दानि गर्नेछन।
अहिले पनि प्राबिधिक ज्ञान बेगरका नेपालीले बिदेशबाट ९ खरब रेमिटेन्स नेपाल भित्र्याउने गरेको उनले बताए।उनले भने सिप सहित बिदेश जाने हो भने त्यसको तेब्बर रेमिटेन्स भित्रीने छ।
अब कोरिनाको डरले कुनै पनि काम बन्द गर्न नहुने उनले बताए । यस्ता मेला तथा महोत्सव साबधानि अपनाउदै चलाइरहनु पर्ने उनको धारणा थियो।

सोही अबसरमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल, बागमती प्रदेश उद्योगबाणीज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका नेता रामप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियार, नेकपा एकिकृत समाजबादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेल लगाएतले कोभिडबाट जोगिएर महोत्सबमा सहभागी हुन आग्रह गरे ।
उद्योग वाणिज्य संघ चितवनले महोत्सबको आयोजना गरेको हो । महोत्सब मुल आयोजक समितिका संयोजक एबं संघका अध्यक्ष राजु श्रेष्ठले महोत्सबको बारेमा बिस्तृत जानकारी गराएका थिए । महोत्सब माघ ४ गते सम्म सञ्चालन हुने छ ।
वि। सं। २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिएको छ।
यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर रहेका छन् । विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रबर्द्धन गर्नेगरी मौरीको डमी महोत्सव भित्र राखिएको छ ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहित रहेका छन् । महोत्सवमा चारवटा विशेष र डोमसहित ४ सय वटा स्टल रहेका छन् । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रबर्द्धन गतिविधि सञ्चालन हुनेछन् ।

दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । महोत्सब सुरु हुनु अघि नारायणगढ वजार क्षेत्रमा शोभायात्राको आयोजना गरिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८