• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले झापा अध्यक्षमा कार्की सर्वसम्मत

  • खबरदाता

एमाले झापा अध्यक्षमा कार्की सर्वसम्मत

 

पुस २४,२०७८

नेकपा (एमाले) झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन भएका छन ।

पार्टीको सनिवार भएको १०औँ अधिवेशनबाट उनलाई सर्वसम्मत चयन गरिएको हो । पार्टीको जिल्ला उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीलाई चयन गरिएको पार्टीका जिल्ला इन्चार्ज अग्नि खरेलले बताए ।

त्यसैगरी पाँचवटै निर्वाचन क्षेत्रबाट पाँच सदस्य चयन गरिएको छ । जसमा निर्वाचन क्षेत्र नं १ बाट डिल्ली घिमिरे, २ बाट बद्री भट्टराई, ३ बाट लक्ष्मण पाठक, ४ बाट खेम मिश्र र ५ बाट तुलसी कार्की चयन भएका हुन ।

सञ्चारकर्मीबाट मोहन काजी, व्यवसायीको तर्फबाट भरत चम्लागाईँ, प्रल्हादमणि ओली, मधेशी कोटाबाट डम्बर यादव, मीना साह, भूमिहीन सुकुम्वासीबाट टीकाराम मङ्ग्रान्ती निर्विरोध चयन हुनुभएको छ । जिल्लामा १५० जनाको समिति रहनेछ ।

त्यसैगरी भूगोलबाट उम्मेदवारी दर्ता गराउने उम्मेदवारको त्यही टुङ्गो लगाउने गरी समिति निर्माण गरी अधिवेशन स्थगन गरिएको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस २४, २०७८, शनिवार १५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८