पुस २४,२०७८
नेकपा माओबादि केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाइ कोरोना संक्रमण भएको छ।
स्वास्थ्यमा केहि समस्या देखिएपछि उनी केहि दिन देखि घरमै आराम गरिरहेका थिए। शुक्रबार गरिएको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको उनको निजि सचिवालयले जनाएको छ।
अहिले उनको अवस्था सामान्य रहेको र निवासमा स्वास्थ्यलाभ गरिरहेका छन। यो बीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाइ सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।
डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले उनका पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८