• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

  • खबरदाता

थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

 

पुस २३,२०७८

 

नेपालमा विभिन्न स्थानहरुमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेको हो।

देशभरबाट १ हजार १४६ पोजेटिभ नमुनाहरुको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।

साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयको बिज्ञप्ति

  • प्रकाशित मिति : पुस २३, २०७८, शुक्रवार ०८:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८