• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन मेडिकल कलेजले गर्‍यो १० महिनामा ६ जनाको कलेजो प्रत्यारोपण

  • खबरदाता

चितवन मेडिकल कलेजले गर्‍यो १० महिनामा ६ जनाको कलेजो प्रत्यारोपण

 

पुस २३,२०७८

भरतपुर स्थित चितवन मेडिकल कलेज (सिएमसि) ले १० महिनाको अबधिमा ६ जनाको कलेजो प्रत्यारोपण गरेको छ।

शुक्रवार पत्रकार सम्मेलन मार्फत कलेजले सो कुराको जानकारि गराएको हो।

पछिल्लो पटक यहीँ पुस ४ गते आइतवार, कैलालीको धनगढी उपमहानगरपालिका स्थायी घर भएका ३८ वर्षका जीवन पुजराको सफल कलेजो प्रत्यारोपण गरिएको हो। जीवनलाई उनका ३२ वर्षिय भाइ कृष्णले प्रत्यारोपणका लागि कलेजो दिएका हुन ।

गत बर्षको चैत महिनाबाट सिएमसिले कलेजो प्रत्यारोपण गर्न सुरु गरेको हो।

कलेजका अध्यक्ष प्रा. डा. हरिसचन्द्र न्यौपानेले सिमसिले नेपालमै सबै भन्दा धेरै कलेजो प्रत्यारोपण गरेको बताए।

कलेजका विशेषज्ञ चिकित्सकहरू सर्जन डा।सञ्जय यादव, डा।प्रविन जोशी, डा।जयन्त कुमार साह, डा। गौरव कट्टेल डा.सरोज ढुङ्गना, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा.सुरेश गौतम डा.नविन यादव, हेपाटोलोजिष्ट डा.सागर पौडेल, डा.बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा.विज्ञान पौडेल, डा.सुभास ओझा, डा.प्रदेश घिमिरे, डा.नेहा विष्टको टिमले प्रत्यारोपण गरेको थियो ।

यसैगरी स्टाफ नर्स कृति चौधरी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, श्रृति कुमारी यादव, बिना थापा, सुष्मा भुजेल, प्रेयङ्का पौडेल, यूरिसा भण्डारी, अस्मिता कैनी, बिनिता कुमारी सिहं, अस्मिता पराजुली, सन्जु अधिकारी, सुविना शर्मा, रोजिना थापा, भगवती श्रेष्ठ, रेस्मा श्रेष्ठ अनु नगरकोटी, अप्सरा चौधरी, सन्ध्या धौराली, सलिना ढकाल, अशिस यादव, प्रभा श्रेष्ठ र मनिसा श्रेष्ठ, यमकुमारी गुरुङ्ग लगायतको टिम यसमा प्रत्यक्ष रुपमा खटिएको डा. लम्सालले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार र डा. रमन रानासहित नेपाली चिकित्सक तथा स्वाथ्यकर्मीहरुको टिमले १२ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

फलाम सम्बन्धि काम गर्दै आएका जिवन साढे १ बर्ष देखि बिरामि परेका थिए।उनले सो समयाबधिमा धेरै अस्पतालमा उपचार गराएको बताए ।

चितवन मेडिकल कलेज आएपछि मात्र कलेजोनै प्रत्यारोपण गर्नु पर्छ भन्ने उनले थाहा पाएपछि उनका भाइ कृष्णले आफ्नो कलेजो दिएर उपचार भएको हो ।

अहिले कलेजो दिने कृष्णको सुधार भइसकेको छ भने जिवनको पनि क्रमिक रुपमा सुधार हुदैछ।दुबै जना उपचार पस्चात डिस्चार्ज भइसकेका छन।

  • प्रकाशित मिति : पुस २३, २०७८, शुक्रवार ०७:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८