• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रामपुर क्याम्पसले ‘प्राज्ञिक परिषद्’ होटलमा गरेपछि बिद्यार्थिको बिरोध

  • खबरदाता

रामपुर क्याम्पसले ‘प्राज्ञिक परिषद्’ होटलमा गरेपछि बिद्यार्थिको बिरोध

 

पुस २१,२०७८

 

चितवन । जिल्लाको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्राज्ञिक परिषद् होटलमा गरिएको भन्दै विद्यार्थीहरुले बिरोध जनाएका छन।

क्याम्पसले भरतपुर चौविसकोठीमा रहेको होटल ग्लोबलको हलमा संचालन गरेक बैठक चलिरहदा विद्यार्थीहरुले होटल परिसरमै नाराबाजि गरेका थिए।

बुधबार विहान करिब ३ घण्टा नारा लगाइएको थियो । खर्चिलो र भड्किलो बैठक गरिएको विद्यार्थीहरुको आरोप छ । नेविसंघ विश्वविद्यालय कमिटिका सचिव मिराज पौडेलले बैठकको बहानामा हुने अनावश्यक खर्च रोक्न नाराबाजी गरिएको बताए । जनताको करमाथिको मोजमस्ती बन्द गर, प्रशासनिक गतिविधि होटलमा गर्न बन्द गर, आर्थिक पारदर्शिता लागू गर जस्ता नारा लगाएका थिए ।

विश्वविद्यालय परिसरमै झन्डै १ हजार जना बस्न मिल्ने अडिटरियम सभाहल, ४ वटा थप अन्य साना हलहरु रहेका छन् । तर, विश्वविद्यालयले कन्फरेन्स, सेमिनार, बैठक, कार्यकारि परिषद, प्राज्ञिक परिषद लगायतका गतिविधिहरु प्राय होटलमा हुने गरेका छन् । कार्यक्रम खर्चका रुपमा होटलहरुलाई वार्षिक १ करोड बढी रकम निकासा गर्ने गरेको स्रोतको दावी छ ।

विश्वविद्यालयको आर्थिक प्रशासन नियमावलीमा विश्वविद्यालयका गतिविधि विश्वविद्यालयमै गर्नुपर्ने तर अतिआवश्यक भएमात्र बाहिर गर्न सकिने प्रावधान छ । करिब ४ सय ५० बढी कर्मचारी रहेको विश्वविद्यालयमा झण्डै १ सय सहयोगी कर्मचारी छन् ।

विश्वविद्यालयका विभिन्न निकायहरुमा भान्छाको पूर्वाधार समेत छन् । तर, गोपनियताको लागि भन्दै बैठक तथा कार्यक्रमहरु बेलाबखत होटलमा हुन थालेका छन् । आज (बुधबार) बसेको प्राज्ञिक परिषद्मा २१ जना सहभागी थिए । विश्वविद्यालयका उपकुलपति (भीसी) प्रा.डा. पून्यप्रसाद रेग्मीले अनुकुल ठाउँमा बैठक बसेको जिकिर गरे । उनका अनुसार शैक्षिक क्यालेन्डर र भर्ना सम्बन्धि एकरुपता ल्याउने विषयमा छलफल भएको छ ।

  • प्रकाशित मिति : पुस २१, २०७८, बुधवार ११:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८