• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यी हुन राष्ट्रिय सभामा माओबादिका ५ उम्मेदवार


यी हुन राष्ट्रिय सभामा माओबादिका ५ उम्मेदवार

पुस २०,२०७८

सत्तारुढ दल नेकपा माओवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ५ उमेदवारको टुंगो लगाएको छ।

सोमबार माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार , कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्की लाई उम्मेदवार बनाएको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुङ्गो लगाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

  • प्रकाशित मिति : पुस २०, २०७८, मंगलवार ०५:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८