पुस १८,२०७८
पुस ११ गतेबाट सुरु भएको नेकपा माओबादिको ८ औ महाधिवेशन सकिएको छ।
महाधिवेशन स्थल प्रज्ञा भवन कमलादिको सभाहलबाट पुस्प कमल दाहाल प्रचण्डले २२६ जना केन्द्रिय कमिटीको नाम वाचन गरेसंगै महाधिवेशन सकिएको हो।
प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ।
माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ।
सोमबार बस्ने बैठकले अध्यक्ष सहित १५ सदस्य पदाधिकारी घोषणा गर्ने जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८