पुस १८,२०७८
नेकपा माओवादी केन्द्रले निर्वाचनको संशोधित कार्यतालिका सार्बजनिक गरेको छ।
राजधानीमा जारि ८औ महाधिवेशनको केन्द्रिय निर्वाचन आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो।
सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेको पार्टीले जनाए पनि आयोगले भने कार्यतालिका सार्बजनिक गरेको छ ।
संशोधित कार्यतालिकामा आइतबार २ बजेदेखि ३:३० बजेसम्म मनोनयन दर्ता, ३:४० मा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको सूची प्रकाशन, ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४:१० बजेसम्म दावी विरोधमा परेका उजुरीको सूचना प्रकाशन, ४:१० बजेसम्म उजुरीमाथि छानविन र निर्णय, ४:४० बजे पुनस् नामावली प्रकाशन, ५:३० बजेसम्म उम्मेदवारी फिर्ता, ५:४५ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ।
यसैगरी, आइतबार साँझ ६:२५ देखि १०:२५ सम्म मतदानको समय तोकिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिने उल्लेख छ।
यसअघि पार्टीको आठौं महाधिवेशनको जारी बन्द सत्रमा शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो।
तर, सहमतिमा केन्द्रीय समिति चयन गर्ने भन्दै आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ। त्यससँगै निर्वाचन आयोगले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८