• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा मुस्लिम इत्तेहाद संगठन समाजवादी गठन

  • खबरदाता

चितवनमा मुस्लिम इत्तेहाद संगठन समाजवादी गठन

पुस १७,२०७८

 

चितवनमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इत्तेहाद संगठन समाजवादी गठन भएको छ।

सनिवार भरतपुरमा आयोजित एक भेलाले अरमान अलिको अध्यक्षतामा ११ सदस्य कमिटी गठन गरेको हो।

संगठनको उपाध्यक्षमा आशिक खान ,सचिब सबिना मिया , कोषाध्यक्षमा सरोज खान र सह कोषाध्यक्षमा आशिक खान ( बक्स) रहेका छन।

यस्तै अलिमदिन मिया,हसिवा खातिन ,अलि उमर मिया,अमिर खान , इमरान मलिक र सकिल अलि सदस्य रहेका छन।

कार्यकमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले सबै समुदायले नेकपा एकीकृत पार्टीलाइ आफ्नो ठानेकाले छोटो अबधिमा नै पार्टी लोकप्रिय हुदै गएको बताए।

पार्टीमा सबै बर्ग र समुदायलाइ बराबर स्थान दिने उनकोभनाइ थियो।

कार्यक्रममा मुस्लिम इत्तेहात संगठन समाजवादीका केन्द्रिय इन्चार्ज ताज महमद मिया , संविधान सभा सदस्य कलिला खान र समाजवादी जिल्ला अध्यक्ष कृष्ण पन्तले मन्तव्य राखेका थिए।

कार्यक्रम हाजि नुर महमद खानको अध्यक्षतामा भएको थियो।

यस्तै संगठनको सल्लाहकारमा हाजि नुर महमद खान, हाजि सम्शेर सेख र हाजि मेहराज खान रहेका छन।

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार १२:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८