• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादी भित्र २ घण्टामा सहमति जुटाउने प्रयास


माओवादी भित्र २ घण्टामा सहमति जुटाउने प्रयास

पुस १७,२०७८

माओवादी केन्द्रको ८ औं महाधिवेशनमा सहमति जुटाउनको लागि भन्दै ५ बजे सम्मको लागि बन्द सत्र स्थगित गरिएको छ ।

सनिवार बन्दसत्रमा अध्यक्ष पुस्पकमल दाहालले केन्द्रिय सिमिति र पदाधिकारी सहमति जुटाउन २ घन्टाका लागि समय दिइने बताएका छन।

योबीचमा सहमतिको लागि पनि प्रयास गर्ने र निर्वाचन कार्यतालिका पनि सार्वजनिक गर्ने तयारी गरिने भए को हो ।

आजै भएको माओवादीको बन्द सत्रले विधान पारित गरेको छ।

विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो। बन्द सत्रले पदाधिकारीको संख्या भने टुंग्याउन सकेन।

महाधिवेशनले पदाधिकारीको संख्या भने नटुंग्याउने निश्चितजस्तै भएको छ। यसअघि विधानमा १५ पदाधिकारी राख्ने प्रस्ताव गरिएको थियो। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको थियो।

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार ०९:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८