• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चिसो बढेपछि विद्यालय सञ्चालनमा समस्या


चिसो बढेपछि विद्यालय सञ्चालनमा समस्या

 

पुस १६,२०७८

रुकुम पुर्व – अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ।

हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन । कतीपय विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मेकोटमा रहेको हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तिमान पुनले विद्यालयमा पठनपाठन सञ्चालन गर्न नसकेको बताए ।

अहिले विद्यालयमा साना बालबालिका आउन सकेका छैनन् भने ४१६ जम्मा विद्यार्थी सङ्ख्या रहेकोमा शुक्रबार जम्मा ४०/५० जनाको हारहारीमा विद्यार्थी विद्यालयमा आएको प्रधानाध्यपाक पुनले बताए । अत्यधिक चिसोको कारण उपस्थित विद्यार्थीको लागि पनि पठनपाठन सञ्चालन गर्न नसकेको उनले बताए ।

पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्मामा रहेको जनता आधारभूत विद्यालय बन्द गरेको विद्यालय परिवारले जनाएको छ ।

अन्य ठाउँका विद्यालयमा पनि बाक्लो हिउँ जमेका कारण शिक्षक विद्यार्थी विद्यालयसम्म पुग्न मुस्किल हुने गरेको छ । तकसेरामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भने कम विद्यार्थीको उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताए ।रासस

  • प्रकाशित मिति : पुस १६, २०७८, शुक्रवार १५:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८