पुस १४,२०७८
नारायणगढ मुग्लिङ सडक खण्डपाएकोमा मालबाहक ट्रक त्रिशुलिमा खस्दा चालक बेपत्ता भएका छन।
काठमाडौं तर्फ जादै गरेको लु १ ख ६०५० नम्बरको दश चक्के ट्रक उक्त सडक खण्डको ९ किलो भन्ने स्थानबाट त्रिशुलि नदिमा खसेको ट्राफिक प्रहरीका सहाय निरीक्षक बब्लु ठाकुरले जानकारी दिए।
ट्रक आधा नदिमा डुबेको अबस्थामा रहेको छ।चालक धादिङका जिवन दमै रहेको र हाल सम्म उनको अबस्था थाहा नभएको ठाकुरले जानकारि दिए।
दुर्घटना कति समयमा भयो भन्ने यकिन नभएको तर साढे ५ बजेको समयमा स्थानीयले खबर गरेपछि प्रहरीले थाहा पाएको उनले भने।
ट्रक सिमराबाट गणपति ब्रान्डको खाने तेल बोकेर काठमाडौं हिडेको र ट्रकमा चालक बाहे अन्य यात्रु नभएको बुझिएको छ, ठाकुरले भने।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८