पुस १३,२०७८
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि निषेधाज्ञा जारि गरेको छ।
गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर तोडफोड, आगजनीलगायतका काम गरेकाले स्थिति नियन्त्रणमा लिन बुधबार साँझ ७ बजे सम्मको लागि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
मंगलबार दिउँसो ३ बजे देखि बुधबार साँझसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९२० र ९३० बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ।’
ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर–४ को सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म निषेधाज्ञा लागु हुने छ।
यस्तै ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म पनि निषेधाज्ञा रहने छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८