• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसीसी राष्ट्रघाती होइन, एकपटक पढ्नुहोस : प्रधानमन्त्री देउवा

  • खबरदाता

एमसीसी राष्ट्रघाती होइन, एकपटक पढ्नुहोस : प्रधानमन्त्री देउवा

 

पुस ११,२०७८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बिरोध मात्र गर्नेलाइ सम्झौता पढ्न अनुरोध गरेका छन।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती नभएको बताएका छन्।

आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन । “एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैनरु पढ्नु पर्‍यो। म पनि देशको प्रधानमन्त्री हुँ, प्रजातन्त्रका लागि लडेको हुँ। देशको हित नहुने काम किन गरौलारु,” प्रधानमन्त्री देउवाले भने।

“विश्व ब्यांक, एशिलायली विकास ब्यांकबाट ऋण लिने गरेका छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लाग्छ,” देउवाले भने, “एमसीसीले नेपालको कानून मान्छु भनेको छ। राष्ट्रघाती होइन, बुझ्नु पर्‍यो ।”

एमसीसी राष्ट्रको हितमा रहेको उनको जिकिर थियो। “एमसीसी नेपालको हितमा छ, सित्तै आएको पैसा हो,” प्रधानमन्त्री देउवाले भने, “सित्तैमा आएको पैसा चाहिँदैन भन्छन् !”

यस विषयमा छलफल भइरहेको उनको भनाइ थियो। एमसीसीको विरोध गर्नेहरूलाई पनि पढ्न उनले आग्रह गरे। “एमसीसीबारे छलफल चलिरहेको, यो छिट्टै संसद्बाट पारित हुन्छ,” उनले भने।

एक अर्को प्रसंगमा कांग्रेस सभापति देउवा गठबन्धन कसैको विरुद्ध नभएको बताए। “गठबन्धन कसैको विरोधमा होइन। अहिलेको संविधानबाट संसद् पूरा चलोस, संसद् भंग नहोस् भन्ने पुनित उद्देश्यका साथ संविधान संविधान जोगाउन, संसद् जोगाउन गठबन्धन बनेको हो,” देउवाले भने।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरे। “पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनु भएको छ,” देउवाले भने, “उहाँकै जोडबलले हामी संविधानसभामा गएका हौं। पुष्पकमल दाहालजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधान बनेको छ।”

शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गदै ति सबै पूरा गर्ने प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाए।

  • प्रकाशित मिति : पुस ११, २०७८, आइतवार १४:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८