पुस १०,२०७८–कविता गायक
नेकपा एकीकृत समाजबादि पार्टी (एस)ले भरतपुर महानगरका चार वटा वडामा कमिटी गठन गरेको छ।
सनिवार भरतपुरको चनौलिमा आयोजित कार्यक्रममा वडा नम्बर १९,२०,२५ र २६ को कमिटी गठन गरिएको हो।
नेकपा एस भरतपुर महानगर कमिटीका अध्यक्ष बिष्णु राज महतोको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १९ मा ३३ सदस्य कमिटी गठन गरेको छ ।जसको अध्यक्षमा किरण परियार रहेका छन।
यस्तै उपाध्यक्षमा बिकास लामा , सचिबमा सरस्वती तामाङ र उप सचिवमा उसा महतो रहेका हुन ।
महानगरकै वडा नम्बर २० को अध्यक्षमा अमर गौडेल, उपाध्यक्षमा संकर पराजुली ,सचिबमा हट्ना महतो र उप सचिबमा रामचन्द्र पौडेल लगायत १९ जनाको कमिटी निर्वाचित भएको हो।
भरतपुर महानगर वडा नम्बर २५ मा भने ३९ सदस्य कमिटी गठन गरिएको महानगर कमिटी अध्यक्ष महतोले जानकारि दिए।
जसको अध्यक्षमा प्रकाश भुजेल रहेका छन भने उपाध्यक्षमा सिताराम महतो र तेज कुमारी महतो छन।यस्तै सचिबमा नारायण न्यौपाने र उप सचीबमा सुक माया महतो रलगायत अन्य सदस्यहरु चयन भएका हुन।
यता वडा नम्बर २६ मा भने चिरञ्जीवी अर्यालको अध्यक्षतामा ५५ सदस्य कमिटी गठन गरिएको छ।जसको उपाध्यक्षमा पुन्य प्रसाद सुबेदि ,सजन देब चौधरी र हुसेन महतो रहेका छन। सोही कमिटीको सचिबमा सोभाकान्त पोखरेल र उप सचिबमा भिम चौधरी र बुद्धिराम महतो रहेका छन।
कार्यक्रममा बागमती प्रदेशका भौतिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले निर्वाचित सबैलाइ बधाई र पार्टी प्रबेश गर्ने सबैलाइ धन्यवाद दिए।

फेरि एकपटक जनता सामु काम गरेर देखाउने बेला आएको अबस्थामा पार्टी प्रवेशको लहरले आफुलाइ थप उर्जा मिलेको उनले बताए । यो छेत्रको बिकासका लागि आफु र प्रदेश सरकार सधैं लागिपर्ने बताउँदै खनालले नारायणी र राप्तीमा तटबन्धन सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
अहिले यसकामको लागि सरकारले ५ करोड बिनियोजन गरेको र अझ बजेट थप हुने उनको भनाइ थियो ।
उक्त कार्यक्रममा नेकपा एसका केन्द्रिय उपाध्यक्ष केदार न्यौपाने , केन्द्रिय कमिटी सदस्य सुर्य प्रसाद शर्मा , अरुण पीडित भण्डारी लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम नेकपा एसका भरतपुर महानगर सचिब रामबहादुर भुजेलले संचालन गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८