• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश २ को काङ्ग्रेस सभापतिमा देउवा समुहका यादव विजयी

  • खबरदाता

प्रदेश २ को काङ्ग्रेस सभापतिमा देउवा समुहका यादव विजयी

 

पुस ९, २०७८

नेपाली कांग्रेसको प्रदेश नम्बर २ मा बिहिवार सम्पन्न मतदानमा कृष्ण यादव सभापतिमा विजयी भएका छन् ।

यादवले ९९६ मत ल्याएर विजयी हुँदा सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

कृष्ण यादव देउवा प्यानलका हुन भने रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ ।

मधेसमा जन्मिएका निधिले २०३६ सालमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर राष्ट्रिय चर्चा बटुलेका थिए । कांग्रेसको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री बनेर राष्ट्रिय राजनीतिमा स्थापित भए । अहिले उनका लागि गृह प्रदेशको पार्टी–निर्वाचन ठूलो प्रतिष्ठाको विषय बनेको थियो ।

नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो । यसअघि प्रदेश अधिवेशनमा विवाद चर्किँदा सहभागीहरूबीच कुटपिट समेत भएको थियो ।

  • प्रकाशित मिति : पुस ९, २०७८, शुक्रवार ०१:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८