पुस ८,२०७८
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका वडा नं। ६ अमरबस्ती बस्ने वर्ष २५ को साजन महतोलाइ यहीँ पुस ६ गते पक्राउ गरिएको हो। पुस ५ गते राती निजकि श्रीमती बर्ष २२ की अम्बिका महतो आफ्नै घर छेउमा लडेको र ६ गते आफन्तले थाहा पाएर अस्पताल पुर्याउदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मृतकको शरीरमा लागेको घाउँचोट र घटनास्थलको प्रकृती हेर्दा अस्वभाविक लागी अनुसन्धान गर्ने क्रममा निज अम्बिका महतोलाई निजकै श्रीमान साजनले कुटपिट गरी हत्या गरेको खुल्न आएकोले निज साजन महतोलाई ६ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८