• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश २ को नामाकरण : सबै दलका आ-आफ्नै दाउ

  • खबरदाता

प्रदेश २ को नामाकरण : सबै दलका आ-आफ्नै दाउ

पुस ८,२०७८

बिहीबार बसेको प्रदेश सभा बैठकमा ‘मधेश’, ‘जानकी’, ‘मध्य मधेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश भएका छन्। सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले ‘मधेश’ नाम प्रस्ताव गरेका हुन् भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ।

त्यस्तै, अर्को सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ को नाम ‘जानकी’ प्रस्ताव गरेको छ। कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ भने कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले ‘मध्य मधेश’ नाम प्रस्ताव पेश गरेका छन्।

प्रदेश सभामा आफनो प्रस्ताव पेश गर्दै जसपाका सचेतक शैलेन्द्र यादवले मधेशी जनताको अधिकार र पहिचानका लागि मधेश नाम नै उपयुक्त रहेको बताए। उनले यसका लागि मधेशी जनताले आन्दोलनमा शहादत दिएको बताए।

माओवादी संसदीय दलका नेता भरत साहले प्रदेश २ को नाम मधेश प्रदेश हुनुपर्नेमा जोड दिए। प्रस्तावको समर्थन गर्दै माओवादीका नेता जगत यादवले मधेशीको पहिचान स्थापित गराउन मधेश प्रदेशका पक्षमा रहेको बताए।

एकीकृत समाजवादीका नेता प्रमोद यादवले प्रदेशको नाम ‘जानकी’ नै उपयुक्त हुने बताए। जानकीसँग यो प्रदेशको पहिचान जोडिएकाले त्यो नाम प्रस्ताव गरिएको उनको भनाइ थियो।

कांग्रेस सांसद शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा’ नाम हुनुपर्नेमा जोड दिए। उनको प्रस्तावलाई समर्थन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी प्रदेश सभा सदस्य मञ्‍जु यादवले प्रदेशको नाम ‘मिथिला र भोजपुरा’ राख्दा उपयुक्त हुने बताइन्।

छुट्टै प्रस्ताव पेश गरेका कांग्रेसका साहले भने प्रदेशको नाम ‘मध्य मधेश’ राख्दा उपयुक्त हुने बताए।

नेकपा (एमाले)ले पनि छुट्टै प्रस्ताव पेश गर्ने तयारी गरेको थियो। एमाले सांसद शारदा थापाले नामकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको सभामुख सरोज यादवले जानकारी दिए।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दठद्धद्दछ

  • प्रकाशित मिति : पुस ८, २०७८, बिहीवार १३:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८