• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि

  • खबरदाता

नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि

पुस ७,२०७८

नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकि प्रवक्ता डा. संगीताकौशल मिश्राले दिएको जानकारि अनुसार ५८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ थालिएको उनले बताइन्। यस्तै, जिन सिक्वेन्सिङ गर्दा २२ जनामा डेल्टा भेरियन्ट देखिएको उनले बताइन्।

यसअघि दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा जम्मा २३६ जनामा कोरोना संक्रमण भएको छ। सोही अवधिमा २७२ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ।

  • प्रकाशित मिति : पुस ७, २०७८, बुधवार १४:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८