पुस ६,२०७८
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबारबाट इ – पासपोर्टको( विद्युतिय राहादानी) लागि आबेदन लिने भएको छ।
इ -पासपोर्ट लिन चाहने जोसुकैले पनि अबदेखि अनलाइनबाट आबेदन दिन सक्ने छन।
अवस्यकता अनुसार ३२ पृष्ठ र ६४ पृष्ठको राहादानी लिनन सक्ने प्रबाधान राखिएको छ।तर अहिले तत्काल भने ३२ पृष्ठको मात्र राहादानी उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारि दिए।
अनलाइन ज्ञान भएका सबैले घरबाटै फारम भर्न सक्नेछन । मोबाइलबाट पनि फारम भर्न सकिने छ। तर फारम भरिसकेपछि फोटो अपलोड गर्न र अन्य प्रक्रिया पुर्याउनका लागि भने जिल्ला प्रशासन कार्यालयमै जानु पर्ने शर्माले बताए ।
आफैले फारम भर्न नसक्नेका लागि कार्यालयमा हेल्प डेस्क समेत तयार गरिएको छ ,शर्माले भने।
तुरुन्तै राहादानीको अवस्यकता परेमा राहादानी बिभागमा बुक गर्नु पर्ने छ भने सामान्य अवस्थाको लागि जिल्ला प्रशासन कार्यालयमा बुक गरिने छ।
फारम भरेको १५ दिन भित्रमा राहादानी उपलब्ध हुने शर्माले बताए ।
विद्युतिय राहादानी सम्बन्धि अन्य जानकारि अवस्यक परेमा मोबाइल नम्बर ९८५१३२६८०१ र ९८५१३२६८०२ मा अथवा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८