• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसिसिले सत्ता गठबन्धन धरापमा ,एमाले इन्ट्री मार्न खोज्दै !

  • खबरदाता

एमसिसिले सत्ता गठबन्धन धरापमा ,एमाले इन्ट्री मार्न खोज्दै !

पुष ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा सत्तासाझेदार दलहरुबाट जुन किसिमको साथ र सहयोगको अपेक्षा गरेका थिए त्यो अनुसार हुन सकेन ।

अन्य दलले त परैजाओस गठबन्धन दलले नै असहयोग गरेपछि प्रधानमन्त्री देउवा अप्ठयारोमा परेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सत्ताधारी दलका नेताहरू एकमत नहुँदा विपक्षी दल एमालेको साथ पाउन मुस्किल पर्ने देखिएको छ। देउवाले एमसिसीमा सबै दलको समर्थन जुटाउन सुरु गरेको पहिलो प्रयास असफल भयो।

उनले जनता समाजवादी पार्टीको मात्रै साथ पाए ।सत्ताका प्रमुख सहयोगी माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन नगरी अहिलेकै अवस्थामा एमसिसी पास गर्न नसकिने पक्षमा उभिँदा सत्तामा सहयोग पूर्याइरहेको राष्ट्रिय जनमोर्चा नेपाल पनि एमसिसीको विपक्षमा उभिएको छ ।

नेपाली कांग्रेसले एमसिसीका फाइदा बताउँदै पास हुनुपर्ने बताए पनि बैठकमा सहभागी अन्य दलका नेताहरूले उनीहरूको तर्कमा सहमत हुन सकेनन्।अमेरिकी पक्षबाट एमसिसी पारित गर्न या अस्वीकार गर्न दबाब बढिरहेपछि प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति खोज्न सर्वदलीय बैठक राखेका थिए। आफू सत्तामा रहँदा एमसिसी पारित गराउन खोजेको एमाले अहिले मौन बसेको छ । एमसिसीमाथि राजनीति गर्न खोजेको छ।

एमसिसी पारित गर्न एमालेको समर्थन आवश्यक पर्ने हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसलाई गठबन्धन भत्काउने गतिलो हतियार बनाएका छन् । प्रधानमन्त्री देउवाले गठबन्धनसँगको सम्बन्ध तोड्नुपर्ने सर्त अघि सारेको स्रोतको दावी छ।

एमसिसी पारित गर्न गठबन्धनविना निर्वाचनमा जानुपर्ने सर्त राखेको भनिए पनि स्वतन्त्र पुष्टि हुन सकेको छै। एमसिसीले गर्दा गठबन्धनको सरकारमा असर पर्ने स्थिति देखिएको छ।

  • प्रकाशित मिति : पुस ५, २०७८, सोमवार ००:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८