पुस ४,२०७८
नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा चितवनका दिनेश कोइराला बिजयी भएका छन।
कोइराला खुल्ला केन्द्रिय सदस्य तर्फबाट १७८१ मत ल्याएर बिजयी बनेका हुन।तर निर्वाचन सिमितले आधिकारिक घोषणा भने गर्न बाकी छ।
कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला ३१ नम्वरमा परेका हुन ।
चितवन काङ्ग्रेसको इतिहासमै कोइराला पहिलो केन्द्रिय बनेका हुन।
कोइराला स्थानीय तहको चुनावमा निकै चर्चामा आएका नेता हुन। भरतपुर महानगरको मेयर पदको उम्मेदवारी दर्ता गरेर चुनावी अभियान थालेका उनको उम्मेदवारी केन्द्रबाटै उम्मेदवारी फिर्ता गरेर माओवादी नेतृ रेणु दाहाललाई कांग्रेसले समर्थन गरेको थियो ।
उनी २०७४ को प्रदेशसभाको निर्वाचनमा चितवन ३ (क) का उम्मेदवार बनेका थिए । २००८ मा जेसीजको केन्द्रीय अध्यक्ष रहेका कोइराला विद्यार्थी राजनीतिबाटै आएका नेता हुन् । २०५७ मा नेविसंघको केन्द्रीय सदस्य, २०५८ मा कांग्रेस चितवनको प्रवक्ता तथा जिल्ला सदस्य, २०५९ मा कांग्रेस चितवन(काठमाडौं सम्पर्क समितिको अध्यक्ष समेत थिए ।
अहिले जितेका मध्ये कोइराला लगायत १६ जना नयाँ अनुहार हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८