• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा बाटो काट्दै गर्दा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

  • खबरदाता

भरतपुरमा बाटो काट्दै गर्दा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

पुस २,२०७८

चितवनको भरतपुरमा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिदा २ बर्षकि बालिकाको मृत्यु भएको छ।

शुक्रवार दिउँसो १२ बजेको समयमा भरतपुरबाट पुर्ब तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्रकले बसन्त चोकमा बालिकालाइ ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार २४ वर्षिय आमा सम्झना जोशीको हात समातेर बाटो काट्ने क्रममा दुर्घटना हुँदा दुई वर्षीया दीपिका जोशीको घटनास्थलमै मृत्यु भएको हो।

घटना पस्चात बेहोस भएकि सम्झना जोशीको अस्पतालमा उपचार भइरहेको छ।

ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले ट्रक जलाइदिएका छन्। उनीहरूले पूर्व-पश्चिम राजमार्ग पनि अवरूद्ध गरेका थिए।

प्रहरीले दर्जन राउन्ड अश्रुग्यास हानेर डेढ घन्टापछि बाटो खोलेको छ।

  • प्रकाशित मिति : पुस २, २०७८, शुक्रवार ०८:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८