• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पहिलो अन्तराष्ट्रिय तथा छैटौं चितवन राष्ट्रिय औद्योगिक प्रदर्शनी हुदै

  • खबरदाता

पहिलो अन्तराष्ट्रिय तथा छैटौं चितवन राष्ट्रिय औद्योगिक प्रदर्शनी हुदै

मंसिर २९,२०७८

भरतपुरमा पहिलो अन्तराष्ट्रिय तथा छैटौं चितवन राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ।

चितवन उद्योग संघको आयोजनामा यहीँ पौष २,३ र ४ गते उक्त प्रदर्शनी हुन लागेको हो।

दिगो आर्थिक विकासका लागि औद्योगिक प्रबर्धनको अवस्यकताको महशुस गर्दै उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको हो।

वि।सं। २०६६ सालदेखि संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाइ यसपटकबाट अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको रुपमा परिमार्जन गरिएको आयोजकले जनाएका छन ।

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुऱ्याउने आयोजकको दाबि छ।

स(साना औजार उपकरणदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूको
प्रदर्शनी सहित डेमोको अवसर प्राप्त हुने भएकाले नेपालको औद्योगिक विकासका लागि
प्रदर्शनी महत्वपूर्ण हुनेमा आयोजक विस्वस्त छ ।
प्रदर्शनीमा साढे दुई करोड खर्च हुने अनुमान गरिएको छ।प्रति स्टल कर बाहेक ६१ हजार रुपैया आयोजकले लिने छन।

अघिल्ला बर्षका प्रदर्शनीमा २० भन्दा बढी रास्ट्रबाट सहभागी हुने गरेता पनि यसपटक भने खोभिडका कारण मित्र रास्ट्र भारतबाट मात्र सहभागी हुने संघका अध्यक्ष त्रिलोचन कंडेलले जानकारि दिए।

स्थानीय स्तरका रकम तिर्न नसक्ने उत्पादक हरुलाइ निशुल्क सटलको समेत ब्यबस्था गरेको जनाइएको छ । नाफा रहित र मेला नभएकोले प्रवेश निशुल्क गरिएको छ।प्रदर्शनी बिहान १० देखि सांझ ५ बजे सम्म चल्ने छ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८, बुधवार ०८:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८