• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गाली थेग्न नसकेर प्रकाशमानले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाए

  • खबरदाता

गाली थेग्न नसकेर प्रकाशमानले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाए

मंसिर २९,२०७८

नेपाली काङ्ग्रेसको सभापति पदमा हारेका काङ्ग्रेस नेता प्रकाशमान सिंहले आफ्नो फेसबुक पेजमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् । पहिलो चरणको चुनावमा हारेका सिंहलाइ आफ्नै लाइनका कार्यकर्ताले समेत खेद्न थालेपछि उनले फेसबुक पेजमा कमेन्ट अफ गरेका छन् ।

मंगलबार देउवालाई साथ दिएपछि सामजिक सञ्जालमा उनीविरुद्धको अभियान नै चलेको छ । उनका हरेक पोस्ट्मा कार्यकर्ताहरूले खेदो खनेका छन् ।

यसैबिच उनले कमेन्ट गर्न नमिल्ने बनाएर फेसबुकमा सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् । उनको उक्त पोस्ट्मा कमेन्ट गर्न मिल्दैन ।

 

नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनीलाई सामाजिक सञ्जाल र मिडियाले नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि उनले फेसबुकको कमेन्ट सेक्सन नै अफ गरेका हुन् ।

सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि सभापतिमा निर्वाचित भएका थिए ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८, बुधवार ०८:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८