मंसिर २९,२०७८
शेर बहादुर देउवा पुन सभापति बनेका छन।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निकटतम प्रतिद्वन्दी डा शेखर कोइरालालाइ पराजित गर्दै देउवा विजयी भएका छन्।
बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा ९०७ मत बढी ल्याएर पुन सभापतिमा बिजयि बने।उनले कुल २७३३ मत ल्याएर भने कोइरालाले १८५५ मत ल्याए।
दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४६२३ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको थियो।
पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो।
सभापतिका पाँच जना उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए।
पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८