मंसिर २८,२०७८
नेपाली काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन ।
१ हजार ५ सय गनिसक्दा देउवाले ७२१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ५६२ र प्रकाशमान सिंहले ११६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ८१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ४ मत मात्र प्राप्त भएको छ ।
राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले सुरुबाटै अग्रता लिएका हुन।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८