• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस महाधिवेशन : ३६ सय मत खस्यो, २ घन्टामा खस्ला त ११ सय मत ?

  • खबरदाता

कांग्रेस महाधिवेशन : ३६ सय मत खस्यो, २ घन्टामा खस्ला त ११ सय मत ?

 

मंसिर २७,२०७८

कांग्रेस महाधिवेशनमा ३६ सय मत खसेको छ। सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको हो।

बिहान ११ बजेदेखि सुरू भएको मतदान राति १० बजे सम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। ८ बजे सम्ममा ३६ सय मत खस्दा अझै ११ सय ४३ मतदाताले मत खसाल्न बाकि रहेको देखिन्छ । लगातार मतदान हुँदा पनि थप २ घन्टामा मतदान सकिने अबस्था भने देखिदैन।

निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो। तर, अब राति १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्।

  • प्रकाशित मिति : मंसिर २७, २०७८, सोमवार १५:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८