मंसिर २७,२०७८
अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै यहीँ २८ गते चितवन बन्दको पुर्ब सन्ध्यामा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।
नारायणगढको लायन्सचोकमा सोमबार साँझ एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले निकाल्न खोजेको मसाल जुलुसमा प्रहरीले बल प्रयोग गर्दै खोसेको हो।
प्रहरीले मसाल खोसेपछो आन्दोलनकारिले एमसीसीको बिरोधमा केहीबेर चर्को नाराबाजी गरे । उनीहरुले लायन्सचोकदेखि शहिदचोकसम्म र्यालि समेत निकाले ।
भोलि हुने बन्दमा १३ वटा राजनीतिक दलको समर्थन रहेको सिमितको दाबी छ।
शैक्षिक संस्था,कलकारखाना,बजार र यातायात लगायत सबै क्षेत्र बन्द गरिने र यसमा सबैले सहयोग गर्न उनीहरुले अनुरोध गरेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८